काठमाडौँ । नेकपा एमालेले घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ । आज बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टी विरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङले जानकारी दिएको छ । शाह स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् । शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभाबी लेख्दै आएको आरोप छ ।…