काठमाडौं– मंसिर १७ गतेदेखि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा निस्कने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को ऋणात्मक सम्झौता नगर्ने बताएका छन्। ऋण लिन सकिने भए पनि अहिले मुलुकलाई ऋण थप्ने काम नगरिने सोमबार सिंहदरबारमा राखेको सुझाव बैठकमा ओलीले बताए। सुझावका निम्ति उनले पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्रमन्त्रीसहित मन्त्रिपरिषदका तत्कालिन अध्यक्ष खिलराज रेग्मीलाई…