निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न देशभरका सिडिओ र प्रहरी प्रमुखलाई निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् । देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सुरक्षा समितिका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लेखकले निर्वाचनको सुरक्षालाई सामान्य रूपमा नलिन समेत आग्रह गरेका हुन् । ‘३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुदैछ,’ गृहमन्त्री लेखकले भने, ‘शान्ति सुरक्षा…