काठमाडौँ । डेंगी नियन्त्रणका लागि सरकारले सुरु गरेको राष्ट्रव्यापी अभियान अन्तर्गत शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामखुट्टेको लार्भा मार्ने विशेष कार्यक्रमको शुरुवात गरिएको छ। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सो कार्यक्रमलाई औपचारिक रूपमा सुरु गर्दै डेंगी नियन्त्रणका लागि सरकारी तहबाट पहल सुरु भएको बताए। यसअघि, बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सबै सरकारी कार्यालयहरूमा शुक्रबार बिहान १०…