काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित शम्भुमार्गमा मंगलबार स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल निवासी ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल, र झापा बिर्तामोड नगरपालिका–५ निवासी २७ वर्षीय युवराज सुवेदी रहेको…