काठमाडौँ- देशभरिका खोला तथा नदीनालामा कानूनविपरीत भएका ढुंगा-गिट्टी उत्खननको काम रोक्न सर्वोच्च अदालतले सरकारलाई परमादेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले देशभरिका खोला तथा नदीनालामा कानूनविपरीत भएका ढुंगा-गिट्टी उत्खनन रोक्न सरकारलाई परमादेश जारी गरेको हो । त्यस्ता काममा संलग्न व्यक्ति, कम्पनी र संस्थालाई कारबाहीको दायरामा ल्याउन परमादेश जारी गरेको सर्वोच्च…