नेता र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न माग

काठमाडौँ। राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले २०४६ सालको राजनीतिक परिवर्तनपछि नेतृत्व तहमा पुगेका नेता र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । सोमबार सुरु प्रदेश सभाको छैटौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले उच्चपदस्थ कर्मचारी र राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् । ‘२०४६ सालपछि राजनीतिको नेतृत्व तहसम्म पुगेका, संसद भएका…