धरान - इटहरी उपमहानगरपालिका-७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन्। परिश्रमी उनले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आएका छन्। उनले भने, “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो। फर्निचर महँगो भए पनि यसको बजार छ। इटहरी, तरहरा र मोरङको पथरीसम्म बिक्री गर्दै…