काठमाडौं– सहकारी ठगीको अभियोगमा थुनामा रहेका प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसँग रुपन्देही सरकारी वकिलको कार्यालयले बयान सुरु गरेको छ। गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष जोशीसँग भैरहवामा बयान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव…