नारायणघाट–बुटबल सडक खण्डमा सीसी क्यामेरा जडान गरिने

काठमाडाैं -नारायणघाट–बुटबल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने भएको छ । सीसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले चालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने…