कीर्तिपुरको दर्शन सहकारी समस्याग्रस्त घोषणा

काठमाडौँ- बागमती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले आज आइतबार दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो । मन्त्री विमल ठकुरीले बचतकर्ताको रकम सुरक्षित गर्न सहकारीलाई…