रातिदेखि कीर्तिपुरको मतगणना सुरु गरिने

काठमाडौं- कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ । मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले जानकारी गराए । नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको थियो…