चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले सहकारीपीडित अब्दुल मिया अन्सारीसहित चार जनालाई पक्राउ गरेको छ । चितवन-२ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछाने शनिबार चितवनवासीसँग भेटघाट कार्यक्रमका लागि नारायणघाटस्थित नारायणी कला मन्दिरमा पुगेका थिए । त्यही कार्यक्रमका बीच सहकारीपीडितहरूले विरोध प्रदर्शन गरेका थिए । हलभित्र कार्यक्रम चलिरहेका बेला बाहिर सहारा वहुउद्देश्य…