रुसले भन्यो- उत्तर कोरियासँगको रक्षा सम्झौता स्पष्ट छ

मस्को- क्रेमलिनले मंगलबार उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ । प्योङयाङले दक्षिण कोरियातर्फ जाने सडकहरू नष्ट गरेपछि तनाव बढेको बेला क्रेमलिनको उक्त टिप्पणी आएको हो । उत्तर कोरियाले मङ्गलबार अत्यन्त प्रतीकात्मक सडकहरूमा खण्डहरू नष्ट गरेको थियो । यसको जवाफमा सोलले ‘प्रति–आक्रमण’ अभियान सञ्चालन गरेको थियो । जुन महिनामा रुस र उत्तर कोरियाबीच…