मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका पदाधिकारीसँग खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । उनले उपभोक्तालाई मर्का नपर्ने गरेर बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न आग्रह गरे। संघका अध्यक्ष विकास दुगडसहितको टोलीले मन्त्री भण्डारीलाई आज सिंहदरबारस्थित मन्त्रालयमा खानेतेलको मूल्य र आपूर्ति अवस्थाबारे जानकारी गराएको हो ।…