बाढी-पहिरोले सहरी विकास आयोजनामा झन्डै ३ अर्बको क्षति

काठमाडौँ । असोज दोस्रो साता आएको वर्षा र बाढी-पहिरोका कारण सहरी विकास अन्तर्गत आयोजनामा झन्डै ३ अर्ब रुपैयाँ बराबर क्षति भएको छ । सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । सहरी विकास आयोजनामा २ अर्ब ८८ करोड ३४ लाखको क्षति पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता बिनु बज्राचार्य कुँवरले जानकारी दिइन्…