राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौं– वीर गणेशमान सिंह फाउण्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता हुने भएको छ । आगामी कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगितामा पुरुष-महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष…