काठमाडौं । कर फर्स्यौट आयोगको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर डिल्लीबजार कारागार पुगेका सहसचिव चुडामणि शर्मा आफू गैरकानूनी थुनामा बस्नुपरेको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । बाहिरै बसेर विशेष अदालतको फैसला विरुद्ध आफूले पुनरावेदन गर्न पाउनुपर्नेमा थुनिने परिस्थिति बनेको भन्दै शर्माले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेका हुन् । उनले विशेष अदालत, अख्तियार, डिल्लीबजार…