अमेरिकाको ह्युस्टनमा नेपाली विद्यार्थीको गोली हानी हत्या

काठमाडौँ - अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत भोजपुरकी करिब २१ वर्षीया मुना पाण्डेको ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली हानी हत्या भएको हो । नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले मुनाको छातीमा गोली लागेको अवस्थामा शव अपार्टमेन्टमा फेला परेको जानकारी दिए ।…