मोरङ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले स्थिर सरकार र विकासमा गति दिने गरी बाधा अड्चन हटाउन संविधान संशोधनलाई वर्तमान गठबन्धनले प्राथमिकतामा राखेको बताएका हुन् । यसका समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार गर्ने विषयमा दलहरूबीच छलफल…