काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को टोली काठमाडौँ गोर्खाजको प्रशिक्षकमा बसन्त शाही नियुक्त भएका छन् । पहिलो संस्करण मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका शाहीलाई काठमाडौँले दोस्रो संस्करणका लागि प्रशिक्षक नियुक्त गरेको हो । सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाका शाही टोलीका सदस्य हुन् । काठमाडौँले मुख्य प्रशिक्षकको रूपमा मोन्टी देसाईलाई नियुक्त गरिसकेको छ…