काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौँ गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ । काठमाडौँले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जनाएको छ । लेभिटले अब मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको एनपीएल गुर्खाजबाट खेल्नेछन् । काठमाडौँले लेभिटलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । लेभिट एनपीएलका…