काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे पार्टीले लिएको निर्णयमा आगामी विधान महाधिवेशनमा पनि स्वाभाविक रूपमा आफ्नो फरक मत रहने बताएका छन् । सोमबार काठमाडौँमा सञ्चारकर्मीसँगको अन्तरसंवादको क्रममा उनले संविधानले रोक्दै नरोकेको विषयलाई पार्टीले विधान बनाएर रोक्न नमिल्ने जिकिर गरे । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पछिल्लो पटक बसेको एमाले केन्द्रीय…