काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरूले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन् । अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरूको ऊर्जाशीलता, सृजनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षा नै समृद्ध र समाजवादी नेपाल निर्माणको आधार भएको बताए। उनले शुभकामना सन्देशमा भनेका छन्-‘गरिबी,…