बुधबार सांसदहरूले सोधेको प्रश्नको जवाफ दिर्दै प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) संसदमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन्। संसद सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्। त्यस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्री पदमा नियुक्तसम्बन्धी पत्र सभामुखले वाचन गर्नेछन्। त्यस्तै राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार…