काठमाडौं– निजामति सेवा विधेयकको कुलिङ पिरियडमा भएको छलछामको छानबिनका लागि समिति गठन भएपछि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दुईवटा निजी निर्णय लिएका छन्। उनी छानबिन अवधिभरी समितिको बैठकमा नजाने भएका छन् भने सरकारी सुविधामा पाएको गाडी पनि फिर्ता गरेका छन्। सभामुख देवराज घिमिरेले डाकेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा खतिवडाले समिति गठन भएपछि यस्तो…