ओलीको मौनता र भण्डारीको सक्रियताले एमालेमा भाँडभैलो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अधिकांश अभिव्यक्तिहरू विवादको घेरामा पर्छन्। उनका कतिपय भनाइ हाँसोको पात्र बन्ने गरेकामा बढी बोल्ने स्वभावले उनी पटक–पटक आलोचित भएका छन्। तर, स्पेनको हप्ता दिनभन्दा लामो भ्रमण सकेर शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेपछि उनी मौन रहे। स्पेन भ्रमणबारे लिखित प्रेस विज्ञप्ति परराष्ट्र सचिव अमृत राईले पढेपछि पत्रकारहरू बिनाकुनै जवाफ…