जनकपुर- सत्ता साझेदार नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । गठबन्धनमा एमाले इमानदार नदेखिएको उनको भनाइ छ । जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्तासँगको भेटमा उनले कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने यो अभियानमा जोडिन नखोजेको बताए…