काठमाडाैं । अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनको सकारात्मक असर घरजग्गा कारोबार र शेयरमा देखिएको बताएका छन्। बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्बित भइरहेको बताएका हुन्। ‘घरजग्गा र शेयर कारोबार बढ्न थालेको छ, यसमा आएको उत्साहले…