काठमाडौँ । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले खतिवडालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो । छानबिन समितिको प्रतिवेदनले सभापति खतिवडाका बारेमा…