काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्थानान्तरण गर्न रोकिएको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेको छ । आज भैरहवा कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी आयुक्त लिली थापाले यो गम्भीर विषय भएको बताइन् । उनले भनिन्, ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो…