निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा काँग्रेसले पनि जनायो असहमति

काठमाडौँ- निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा नेपाली काँग्रेसले असहमति जनाएको छ। आयोगले आजसम्म कार्यविधिमाथि सुझाव दिन राजनीतिक दल र सरोकारवालाहरूलाई आग्रह गरेको थियो। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आयोगको मस्यौदाप्रति पार्टीको विमति रहेको बताएका हुन्। ‘राजनीतिक दललाई मूल्यांकन जनताले, निर्देशित संविधानले गर्ने हो,’ महामन्त्री शर्माले भने, ‘निर्वाचन आयोगले तयार गरेको राजनीतिक दल स्वमूल्यांकन…