काठमाडौं । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम परम्परागतभन्दा माथि उठ्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रतिनिधिसभामा छलफलमा सहभागी हुँदै उनले सत्ताधारी सांसदहरूमै नीति तथा कार्यक्रमको आशा र उत्साह नदेखिएको जिकिर गरे । प्रचण्डले भने, ‘नीति तथा कार्यक्रम वाचन…