काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् । मे दिवसको अवसरमा बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०८७ मा संविधान संशोधन हुने ओलीको भनाइ समेत स्मरण गरेका छन् । संसारका धेरै देशमा सबैभन्दा ठूलो पार्टी सरकारमा जाने र दोस्रो ठूलो पार्टी प्रतिपक्षमा बस्ने अभ्यास विपरीत नेपालमा…