काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा भूमि विधेयक, निजामती विधेयकको कुलिङ अफ पिरियड लगायतमा छलफल हुनेछ ।