काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्न रोक्ने निर्णय गरेपछि उनकी छोरी उषाकिरण भण्डारीले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया व्यक्त गरेकी छन्। पार्टीले मंगलबार रातिसम्म चलेको बैठकमार्फत गरेको उक्त निर्णयप्रति उषाकिरणले आश्चर्यजनक टिप्पणी गर्दै यो निर्णयमा ‘तिगडम’ भएको आरोप लगाइन्। ‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर…