काठमाडौँ । कुलमान घिसिङलाई हटाएको विषयले राष्ट्रिय सभा पनि अवरुद्ध भएको छ । आजको राष्ट्रिय सभाको बैठक शुरु हुना साथ विपक्षी सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए । अध्यक्षले सांसद गोपी सार्कीलाई बोल्ने समय दिएपछि उनले कुलमानलाई अपमानजनक तरिकाले हटाएको भन्दै इमान्दार कर्मचारीलाई हटाइएको भन्दै विरोध गरेका थिए । उनले जबसम्म प्रधानमन्त्रीले स्पष्टीकरण नदिएसम्म संसद…