काँग्रेस बैठक : पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार पार्टी कार्यालयमा बसेका काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैलीप्रति कार्यकर्ताहरू असन्तुष्ट रहेकाले नेताहरूले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका हुन्। उनीहरूले तोकिएको समयभित्र महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने धारणा राखेका थिए। शुक्रबार बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू,…