भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्नुपर्छ : सांसद खनाल

काठमाडौँ । प्रतिनिधि सभा सदस्य ध्रुवबहादुर खनालले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम गरेर राजस्व संकलन बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद खनालले राजस्व छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले जफत गरेको लामो समयसम्म पनि ती सामान लिलामी बिक्री नहुँदा खेर गइरहेको बताए ।…