काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरूबीच सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार बसेको बैठकमा टीआरसीको प्रगति र भावी योजनाबारे छलफल भएको हो। प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बैठकपछि भने, “टीआरसीबाहेक अन्य कुनै विषयमा छलफल…