कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले दिएको धम्कीसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले दिएको धम्कीसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोलेका पाण्डेले लामो छलफल र बहसपछि सदनमा आइपुगेको निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हटाउन नहुने बताएका हुन् । ‘कुलिङ पिरियड नअटाए २५ सचिवले राजीनामा दिन्छौँ भन्दै…