दक्षिण एसियाली सपना कोमामा छ, मर्न दिने कि ब्युँताउने नेपालको हातमा छ : सांसद वाग्ले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले शान्ति र समृद्धिका लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आज (शुक्रबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काठमाडौँमा भएको पछिल्लो १८ औं सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको बताउँदै सो बेला आफूले प्रस्ताव गर्ने मौका पाएको स्मरण गराएका…