खोटाङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा सधैं किराँत समुदायको साथमा रहेको बताएका छन्। खोटाङको हलेसीमा तुवाचुङ जायजुम संरक्षण समितिले किराँत समुदायको चाड साकेला उभौलीको अवसरमा आयोजित "तुवाचुङ डे" को उद्घाटन गर्दै कोइरालाले यस्तो प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा कोइरालाले नेपाली कांग्रेसले सधैं द्वन्द्व समाधान र पहिचानको सम्मानमा विश्वास गर्ने…