प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब दिने अर्थमन्त्रीको घोषणा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश तथा स्थानीय तहका ५ खर्ब ८२ अर्ब ८२ करोड विनियोजन गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । यो रकम प्रदेश तथा स्थानीय तहले पाउने राजश्व बाँडफाँट र अन्य अनुदान समेतको हो…