सरकारद्वारा भूमि समस्या समाधान आयोग गठन, अध्यक्षमा हरि रिजाल

काठमाडौं - सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । श्रीहरिप्रसाद रिजाल, प्युठानको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको सञ्चार प्रविधि तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।