सञ्चार मन्त्री गुरुङले भने- शिक्षामन्त्रीको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी छैन

काठमाडौँ- सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । “शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन,” उनले भने, “प्रधानमन्त्रीलाई दिएको भन्ने छ तर प्रधानमन्त्रीलाई जानकारी छैन । बिरामी भइरहेपछि क्वाटरमा पनि किन बसिरहने भनेर होला ? उहाँले क्वाटर…