काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिहीबारको मन्त्रिपरिषद्ले हटाउने तयारी गरेको छ। कार्यकारी निर्देशकबाट घिसिङ हटाउन अनेकौ ‘तिकडम’ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले ऊर्जा विज्ञ बनाएर उनलाई अन्यत्र सरुवा गर्न लागेका हुन्। देश सञ्चारलाई स्रोतले दिएको जानकारीअनुसार कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर कुनै निकायको विज्ञका रुपमा पदस्थापन गरिनेछ…