अब पुनर्निर्माण तथा पुनः स्थापनाको काम गर्दा विपद् पुनर्मूल्यांकन अनिवार्य गर्नुपर्ने

काठमाडौँ । संघ, प्रदेश र स्थानीयमध्ये जुन तहको सरकारले पुनर्निर्माण तथा पुनः स्थापनाको काम गर्दा अनिवार्य रूपमा विपद्को पुनर्मूल्यांकन गरेर मात्रै गर्नुपर्ने निर्णय भएको छ । प्रधानमन्त्री एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले…