काठमाडौँ । चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आयोजित एक समारोहबीच राजदूत ओलीले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । राजदूत ओलीसँगै विभिन्न २९ मुलुकका राजदूतहरूले समेत चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । समारोहमा चिनियाँ कम्युनिस्ट…