‘प्रचण्ड’को दाबी : राजनीति बिचौलियाको हातमा छ, सरकारका दलहरू मुखौटा मात्रै हुन

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको दाबी गरेका छन् । सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले बिचौलिया र दलालहरूको हातमा देशको राजनीति रहेको प्रष्टै देखिएको बताए । ‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा…