काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा विभिन्न १० वटा एजेण्डमा छलफल हुने बताइएको छ । स्थानीय तह उपनिर्वाचन, भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति लगायत समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल…